arrow

लिभियामा डुङ्गा दुर्घटनामा दुई सय चालिस आप्रवासीको मृत्युः राष्ट्रसङ्घ

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
libya.jpeg
मिलान । लिभियामा भएको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा कम्तिमा २४० जना आप्रवासीको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले जनाएको छ । 
 
यो सङ्ख्यासँगै भूमध्यसागरिय क्षेत्रबाट जीवनलाई खतरामा राखी युरोप तथा विश्वका अन्य मुलुक जाने क्रममा सन् २०१६ मा चार हजार २२० आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
इटालीस्थित यूएनएचसीआरकी प्रवक्ता कारलोटा समीले दक्षिणी इटालीको लाम्पेडुसा टापुमा आइपुगेका घटनामा बाँच्न सफल आप्रवासी शरणार्थीलाई उद्धृत गर्दै बताए । 
 
 दुई वटा रबरका डुङ्गा दुर्घटनामा जम्मा ३१ जना बाँच्न सफल भएको भए पनि दुवै दुर्घटनाग्रस्त डुङ्गामा यात्रारत २४० जना शरणार्थी दुर्घटनापछि समुद्रमा हराएका बताए । 
 
दुवै डुङ्गा यात्रारत ती यात्रुहरु प्रायजसो सहारा क्षेत्रका अफ्रिकी नागरिक रहेको प्रत्यक्षदर्शीले बताएका थिए ।
 
 तर यूएनएचसीआरका इटालीस्थित प्रतिनिधि समीले डुङ्गा दुर्घटनामा कति र कहाँका नागरिकको मृत्यु भएको हो भन्ने विषयमा विस्तृत विवरण जम्मा गरिँदै भएको बताए । 
 
अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईएमओ) का अनुसार सन् २०१५ मा भूमध्यसागरिय क्षेत्रमा तीन हजार ७७७ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २०१४ मा निकै धेरै रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ