arrow

लोहन्द्रा खोलामा तटबन्ध : कृषि उत्पादनमा बृद्धि र जोखिम न्यूनीकरण हुने

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
Water-Induced-Disaster-Management.jpeg
मोरङ । मोरङको लोहन्द्रा खोला नियन्त्रणका लागि तराई–मधेश बाढी व्यवस्थापन तथा वस्ति संरक्षण कार्यक्रम संचालन हुने भएको छ । वर्षाको समयमा हुने कटान नियन्त्रण तथा व्यवस्थापनका लागि यसैवर्षदेखी सो कार्यक्रम संचालनमा आउन लागेको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुख डा देवनारायण साहले बताए । 
 
कार्यक्रम अन्र्तगत जोखिमपुर्ण स्थानमा तटवन्ध निमार्णका साथै कृषि उपज ल्याउन लैजान तटवन्ध माथि कृषि सडक समेत निमार्ण हुने कार्यालयले बताएको छ । त्यसका लागि मन्त्रालयवाट ३ करोड रुपैया वजेट विनियोजित भइसकेको कार्यालय प्रमुख साहले जानकारी दिए । तराई मधेशका गाउँहरु बाढीको चपेटाका कारण वर्षेनी विस्थापित हुने अवस्था आएपछि यस्तो कार्यक्रम ल्याउन लागिएको कार्यालयले जनाएको छ । 
 
लोहन्द्रा खोलामा अहिलेसम्म खोलाको दायाँबायाँ तटवन्ध नबन्दा स्थानीय बासिन्दा भने वर्षेनी कटान र डुवानको समस्याबाट पीडित बन्दै आएका छन् । यस्तो समस्यावाट मुक्ति पाउनको लागि पनि खोलाको दायाँबायाँ दिगो र भरपर्दो तटबन्ध आवश्यक रहेको स्थानीय बासिन्दाहरु बताउँछन् । 
 
वजेट विनियोजित भइसकेकाले  कार्यमक्रम बनाएर काम शु्रु हुने प्रमुख शाहले जानकारी दिए । यस अघि लोहन्द्रा खोलामा वार्षिक ६० लाखमात्र वजेट आउने गरेको थियो । तर अहिले पहिलो चरणमा ३ करोड वजेट विनियोजित भएपनि आवश्यकता अनुसार वजेट थप हुने डा साहको भनाई छ ।
 
कार्यक्रम अन्र्तगत खोलाले उकास गरेका जग्गाहरुमा स्थानीय स्तरमा विकास निमार्णका कामलाई समेत अघि बढाइने जनाइएको छ । खोलाको मुहानदेखि नेपाल भारतको सीमानासम्म खोलामा दुवै तिर तटवन्ध गर्दा करोडौ रुपैया खर्च लाग्ने जनाइएको छ । त्यसकारण पनि सरकारले ठाउँठाउँमा तटवन्ध गर्ने भन्दा पनि सडकको दायाँवायाँ तटवन्ध गर्नु जरुरी देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ