भूकम्प पीडितलाई बनेपा नगरपालिकाको पाँच लाख, जनप्रतिनिधिको पाँच दिनको तलब
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
1.3k
Shares
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले नगरका तर्फबाट ५ लाख तथा सम्पूर्ण जनप्रतिनिधिकको ५ दिनको तलब दिइने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको ५ दिनको तलब, पाँचौं तहमाथिका कर्मचारीहरुको २ दिनको तलब, पाँचौं तहमुनिका सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब भुकम्पपिडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए ।