arrow

पटाका पड्काउने क्रम यसपालि पनि रोकिएन, प्रहरी भन्छ - कारबाहीमा परिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
pataka-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै पटका पड्काउने क्रम शुरु भइसकेको छ । नेपाल प्रहरीले विगतका वर्षहरुमा झैँ यसपालि पनि पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मलाई कारबाही गर्ने भनेर सूचना जारी गरिसकेको छ । 

तर न हिजोका दिनमा यो रोकिएको थियो न आजका दिनमा नै रोकिएको छ । नाकाहरुमा कडाइ गरिएको भनेर भनिए पनि पटाका न बेच्ने क्रम रोकिएको छ न त पड्काउने क्रम नै । 

तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो । 

पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । 

यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानून बमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।


 



नयाँ