arrow

भूकम्पमा बितेकाको आत्मा शान्तिको कामना गर्दै बृहत् विश्वशान्ति विराट महायज्ञ महाअनुष्ठान 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
dharma-jhapa-2080-07-24.jpg

झापा । झापाको कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्रको कनकाई माई किनारामा विश्व शान्तिको कामना गर्दै बृहत् विश्वशान्ति विराट महायज्ञ महाअनुष्ठान  शुरु भएको छ ।

विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यको कामना गर्दै तथा हालै जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्मा शान्तिको कामना गर्दै ॐआदि फाउन्डेसनले तीन दिने महायज्ञ महाअनुष्ठान प्रारब्ध गरिएको आयोजकले जनाएको छ ।

पूर्वको पवित्र कनकाई माईको किनारमा स्वस्तिक आकृतिको यज्ञकुण्ड सहितका संरचना तयार गरी शुरु गरिएको महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्ने आयोजकले जानाएको छ । 

ॐआदि फाउण्डेशनको आयोजनामा कार्तिक २३, २४ र २५ गते तीन दिवसीय  महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ ।

 महायज्ञको  महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक, तान्त्रिक एवं मान्त्रिक हवन तथा अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तसती चण्डी पाठ र चार वेद अखण्ड पाठ पारायण गरिने छ । 

तीन दिनसम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वीयन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने आयोजकले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ