arrow

तराई-मधेश बाढी व्यवस्थापन कार्यक्रमले बाढीको भय राेक्ला ?

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
morang-badhi-kumud-,.jpg.jpeg

मोरङ । मोरङको लोहन्द्रा खोला नियन्त्रणका लागि तराई मधेस बाढी व्यवस्थापन तथा बस्ती संरक्षण कार्यक्रम संचालन हुने भएको छ । वर्षा याममा हुने  कटान नियन्त्रण तथा व्यवस्थापनका लागि यसै वर्षदेखि सो कार्यक्रम संचालनमा आउन लागेको जल उत्तपन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुख देवनारायण साहले बताए ।

कार्यक्रम अन्र्तगत जोखमपूर्ण स्थानमा तटबन्ध निमार्णका साथै कृषि उपज ल्याउन लैजान तटबन्ध माथि कृषि सडक समेत निमार्ण हुने भएको छ । त्यसका लागि मन्त्रालयबाट ३ करोड रुपैँया बजेट विनियोजित भइसकेको कार्यालय प्रमुख साहको भनाई छ  । तराइ मधेसका गाउँहरु बाढीको चपेटाका कारण वर्षेनी विस्थापित हुने अवस्था आएपछि यो कार्यक्रम ल्याएको जनाइएको छ ।

लोहन्द्रा खोलमा अहिलेसम्म खोलाको दाँया–बाँया तटबन्ध नबन्दा वर्षेनी स्थानीयले कटान र डुवानको समस्या झेल्दै आएका छन् । बाढीको समस्याबाट मुक्त गराउन पनि सो खोलाको दाँया–बाँया दिगो र भरपर्दो तटबन्ध आवश्यक रहेको स्थानीयले बताएका छन् ।

बजेट विनियोजित भइसकेकाले  कार्यमक्रम बनाएर काम शूरु हुने बताइएको छ । यसअघि लोहन्द्रा खोलामा वार्षिक ६० लाखमात्र बजेट आउने गरेको थियो । पहिलो चरणमा ३ करोड बजेट विनियोजित भएपनि  आवश्यकता अनुसार बजेट थप हुने साहको भनाई छ ।

कार्यक्रम अन्र्तगत खोलाले उकास गरेका जग्गाहरुमा स्थानीय स्तरमा विकास निमार्णका कामलाई समेत अघि बढाइने जनाइएको छ । खोलाको मुहानदेखि नेपाल भारतको सीमानासम्म खोलामा दुबै तिर तटबन्ध गर्दा करोडाैं रुपैँया खर्च लाग्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ