arrow

कैदीबन्दीलाई तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
Karagar achham.jpg

अछाम । अछामको सुधारगृहमा रहेका कैदीबन्दीलाई दालमोठ बनाउने तालिमको व्यवस्था गरिएको छ ।

जिल्ला कारागारमा रहेका बन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

कैदीबन्दीको मागअनुसार घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

विगतमा कार्यालयले बन्दीलाई सीप विकास तालिम दिँदै आइएको थियो ।

तालिममा १५ जनाले भाग लिएका थिए । 

आज एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले जानअञ्जानमा जेल सजाय भोगिरहेका नागरिकले आगामी दिनमा आफ्नो जीवनलाई सहज तुल्याउन  सीप सिक्न आवश्यक भएको बताए ।

तालिममा सहभागीलाई घरेलु तथा साना उद्योग कार्यालयले दालमोठ बनाउने मेसिन प्रदान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ