arrow

कुरानको अपमान गरेको भन्दै मुस्लिम धर्मालम्वी सरकार विरुद्ध सडकमा

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
muslims.jpeg
एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा  सरकारको  राजीनामा माग गर्दै दशौं हजार मुस्लिम धर्मालम्वीले प्रदर्शन गरेका छन् । सरकारले आफ्नो धार्मिक ग्रन्थ कुरानको अपहेलना गरेको भन्दै उनीहरुले सरकारको राजीनामा माग समेत गरेका छन् । शुक्रबार राष्ट्रपति भवन अगाडि मुस्लिम धर्मालम्वीले विशाल प्रदर्शन गरेका हुन् ।
  
इन्डोनेसिया विश्वकै बढी मुस्लिम धर्मालम्वी भएको मुलुक हो । प्रदर्शनपछि राजधानी जाकार्तामा तनाव उत्पन्न भएको छ । केहीँ कम्पनीहरुले आफ्ना कामदारहरुलाई घरबाटै काम गर्न निर्देशन समेत दिएका छन्। 
 
प्रदर्शनले उग्र रुप नलियोस् भन्दै प्रदर्शन स्थल आसपासमा १८ हजार सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरी स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रदर्शनको नेतृत्व गरेको ‘स्लामिक डिफेन्डर फ्रन्ट’ ले कुरानको अपमान गरेको आरोपमा बासुकी जाजा पूर्नमाको सरकारलाई जेल चलान गर्नुपर्ने माग राखेका छन् । 
 
बासुकी जाजा पूर्नमा इन्डोनेसियाको सरकारमा पुग्ने पहिलो इसाई एंव चिनियाँ जनजाती हुन् । प्रदर्शनकारीले पूर्नमाले आफ्ना विपक्षीले गरेको राजनीतिक प्रहार खारेज गर्दै कुरानको अपहेलना गरेको आरोप लगाएका छन् । विपक्षीले मुस्लिम धर्मलम्वीलाई पूर्नमाको पक्षमा भोट नगर्न अपिल गरेको थियो ।
 
केही प्रदर्शनकारीले पानीको बोतल फ्याँकेका थिए । घटनाबारे पूर्नमाले भने अहिलेसम्म कुनै आधिकारीक प्रतिक्रिया दिएका छैनन् । पूर्नमाका प्रवक्ताले उनी उत्तरी जाकार्तास्थि एक निर्माणधिन सडकको निरीक्षणमा निक्लिएको जानकारी दिएका छन् । 
 
सरकारका केही मन्त्रीले भने समस्याको वार्ताबाट समाधान खोज्न प्रदर्शनकारीसँग अपील गरेको छ । घटनाको कारणबारे सत्य तथ्य पत्ता लगाउन प्रहरीले पनि अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ