arrow

भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा, ५० हजार दिइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
bipad-anusandan-meet.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरूका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्  । 

बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरूका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताए । उनले आफूहरूले भूकम्पपछि कत्ति पनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरू पठाएको र पठाउने क्रम जारी रहेको बताए। उनले सरकारसँग भएको साधन र स्रोतका अनुसार राहत पठाइरहेको बताए । उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको जानकारी दिए ।


साथै समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।  सो रकम २५-२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने जनाइएको छ । त्यस्तै बैठकले बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित हरूलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने  यसअघिको माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदन समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ