arrow

जनकपुरमा मधेसको चिरफार गर्न मधेस मानसको अन्तरक्रिया 

logo
निरञ्जन साह, 
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
madhes-manas-2080.jpg

धनुषा । मधेस मानस संस्थाले जनकपुरधाममा आउँदो शुक्रबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । 

मधेसको सामाजिक, राजनीति र संस्कृति सम्बन्धमा अध्ययन अनुसन्धानका लागि खोखिएको मधेस मानस संस्थाले छठ पर्वको रमझममा जनकपुरधामको गंगासागर पोखरी डिलमा एक दिवसीय कार्यक्रम गर्ने आयोजक मनोज साहले बताए ।

छठ पर्वको नाह्य खाय .(नुहाएर चोखो बन्ने) दिनमा उक्त संस्थाले २५ वर्ष पछिको जनकपुरधाम, मधेस राजनीतिमा देखिएको निराशा भित्रको आशा र छठको सामाजिक तथा संस्कृतिक महत्वमाथि अन्तक्रिया कार्यक्रम गर्न लागेको पत्रकार नवीन झाले बताए । 

२५ वर्ष पछिको जनकपुरधाम शीर्षकको अन्तक्रियामा मेयर मनोजकुमार साह, उपमेयर किशोरी साहसहित मधेस प्रदेश सरकारकी मन्त्री सुरिता साह र प्रदेश पूर्व नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा वक्ताका रुपमा रहेको आयोजकले जानकारी दिएको छ । 

त्यसैगरी मधेस राजनीति भित्रको निराशा भित्रको आशा शीर्षकमा मधेस प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवसहित नेतृ विभा ठाकुर, राजनीतिक विश्लेषक राकेश मिश्र र मास नाम संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा रहने छन् । 

यस्तै छठको समाजिक तथा सांस्कृतिक महत्व बारेको शीर्षकमा प्रसिद्ध लेखक तथा विचारक सीके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ