arrow

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आज यूएईसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
worldcup-qualify-nepal-2023.jpg

काठमाडौँ । विश्वकप फुटबल छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रूपमा यूएईसँग खेल्न लागेको हो । 

खेल नेपाली समय अनुसार राति ९ः३० बजे शुरु हुनेछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस युवा खेलाडीले भरिएको टिम बोकेर यूएई पुगेका हुन् । 

पाका खेलाडीहरुको रूपमा जम्मा तीन खेलाडीमात्र छन् । चार वर्षअघि विश्वकप छनोटको यसै चरणमा कुवेतको सामना गर्न पुगेको टोलीबाट तीन खेलाडीमात्र हाल नेपाली टोलीमा रहेका हुन् । 

उनले यूएईसँगको खेलमा तीन नयाँ खेलाडीलाई लिएका छन् । जसमा डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार छन् ।

चोटका कारण नेपालसँग भरपर्दा डिफेन्डर अनन्त तामाङ रहने छैनन् । सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ । अन्जनसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर छ ।

उनले विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका थिए । 

यूएईविरुद्ध खेल्दै गर्दा नेपाली टिम कम्तिमा अंक जोड्ने लक्ष्यमा हुनेछ । 

यूएई भने पोर्चुगलका पूर्व प्रशिक्षकसमेत रहेका पाउलो बेन्टोको नेतृत्वमा मैदानमा उत्रदै गर्दा समूह विजेता नै हुने लक्ष्यमा रहेको छ । 

बेन्टोले यसअघि दक्षिण कोरियालाई कतार विश्वकपको अन्तिम १६ सम्म पुर्याएका थिए । त्यसपछि बेन्टो यूएईलाई नेतृत्व गर्न आएका हुन् ।

बेन्टोले नेपाललाई सहज रुपमा लिने गल्ती नगर्ने बताउँदै आफ्नो स्तर अनुसारको खेल खेल्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ