arrow

थबाङ फेरी बिद्रोही बन्यो

गाउँ पालिकाको केन्द्र थबाङलाई बनाउनु पर्ने माग गर्दै स्थानिय लिबाङमा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक २० शनिबार
thebags.jpeg
लिबाङ (रोल्पा) । गाउँ पालिकाको केन्द्र थबाङलाई बनाउनु पर्ने माग राख्दै संघर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा करिव एक हजार बढी थबाङी जनता नाराजुलुस सहित सदरमुकाम लिबाङ आइपुगेका छन् । 
 
आफ्नो माग पुरा नभए  रगतको बलिदानी दिन तयार रहेको बताउदै आएको टोलीलाई प्रहरीले बाटोमै रोकेपछि उनीहरुले टुडिखेलमै धर्ना दिएका हुन् । थबाङलाई सधैं अछुतो ब्यवहार गर्न पाइदैन, मर्न बरु तयार छौ गाउँ पालिकाको केन्द्र छाड्दैनौं, मगर खाम भाषा संरक्षित थबाङ गाउँपालिका बनाइ दे, मगरात राजधानी कहाँ छ जवाफ दे, लगायतका नारा लगाउदै प्लेकार्ड सहित थबाङी जनता शुक्रबार सदरमुकाम लिबाङ आइपुगेका हुन् । दुधे बालक काखमा च्यापेका महिला, ७० वर्ष पार गरेका बृद्धबद्धा तथा ससाना बालबालिकाहरु समेत गाउँपालिकाको केन्द्र माग गर्न लिबाङ आएका छन् । 
 
यसैवीच संघर्ष समिति थबाङ रोल्पाका संयोजक जय रोकाले स्थानीय विकास अधिकारी सुशील बैद्यलाई टुडिखेलमै ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापन पत्रमा मिरुल, थबाङ र उवा गाविसको केन्द्र थबाङ रहने गरी जलजला गाउँ पालिका घोषणा गरियोस्, थबाङ, उवा, मिरुल र रुकुमको महत गाविसको केन्द्र थबाङ रहने गरी जलजला गाउँ पालिका घोषणा गरियोस्, थबाङ गाविसलाई मात्र स्वायत्त गाउँपालिका घोषणा गरियोस् वा माथि उल्लेखित ३ वटा विकल्पलाई कुनै कतैबाट सम्वोधन नगरिए थबाङलाई रोल्पाबाट छुट्टिने अधिकार दिइयोस भनिएको छ । 
 
ज्ञापन पत्र बुझ्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको विभिन्न चरणमा बसेको बैठकमा थबाङको विषयमा बृहत छलफल भइरहेको जानकारी दिए । बैद्यले यस विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिदै शनिबार  हुने बैठकमा पनि यस विषयमा बृहत रुपमा छलफल हुने बताए । 'हामीले तपाइहरुको माग सम्वोधन गर्ने प्रयास गर्छौ तपाइहरु उत्तेजित नभइदिनुहोला' बैद्यले थबाङी जनतासंग आग्रह गरे।
कोण सभामा बोल्दै संघर्ष समितिका संयोजक रोकाले आफूहरु मृत्यु संग नडराई देश र जनताका लागि रगतको बलिदानी दिनपनि तयार रहेको बताए । राज्यबाट सधै सौतेलो ब्यवहार खेप्दै आएको थबाङ फेरी पनि अन्यायमा परे आफूहरुलाई सह्य नहुने उनको भनाइ छ । यसैवीच रोकाले आफूहरुको माग पुरा नभए जिल्लालाई नै तहस नहस बनाउने र इतिहाँसमा नयाँ खाका कोर्ने समेत जानकारी दिए । 
 
संघर्ष समितिको टोली लिबाङ आएको जानकारी भएसंगै बिहानैदेखि प्रहरीले जिविस वरपर कडा सुरक्षा दिएको थियो । जसका लागि जिप्रका रोल्पाबाट मात्र प्रहरी अपुग भएपछि सातदोबाटो, सुलिचौर, सात्तालेखोला, रेउघाबाट समेत  शान्ति सुरक्षाका लागि प्रहरी झिाकाइएको छ । जस अन्तर्गत प्रहरी निरिक्षक केशवबहादुर बस्नेतको कमाण्डमा प्रहरी पोशाकमा ४८ जना र सादा पोकशाकमा ५ जना गरी ५३ जना प्रहरी खटिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ