arrow

विश्वकप छनोट फुटबल

३९ वर्षको अन्तरमा नेपालको यूएईसँग सात गोलको सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
football-nepal-uae-2023-11-16.jpg
तस्बिर–एनएसजेएफ ।

काठमाडौँ । विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको हो । चार ओटै गोल मध्यान्तरअघि भएका थिए । 

यूएईको जितमा अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी र फाबियो भर्जिनियो लिमाले एक एक गोल गरेका थिए ।

एसियाली फुटबलको बलियो राष्ट्र यूएईविरुद्ध नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्यो । पहिलो हाफको गल्ती सुधार गर्दै दोस्रो हाफमा यूएईलाई रोक्न नेपाल सफल भयो ।

डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही कडा आक्रमणलाई विफल पारेका थिए। खेलको ४७ औं मिनेटमा नेपालका आशिष चौधरीले पहेलो कार्ड ब्यहोरेका थिए।

उनले यूएईका गोलकर्ता फाबियो भर्जिनियो लिमालाई फाउल गरेका थिए । नेपालले खेलको ८१ औं मिनेटमा राम्रो अवसर पाएको थियो। मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाएका थिए ।

यसअघि नेपाल र यूएईबीच सन् १९८४ मा खेल भएको थियो । सन् १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११–० गोलले पराजित भएको थियो ।

३९ वर्षको अन्तरमा नेपालले सात गोलको सुधार गरेकाे हो ।

विश्वकप छनोटमा नेपाल समूह एचमा रहेको छ । जसमा नेपाल र यूएईसहित बहराइन र यमन रहेका छन् ।

अब नेपालले आगामी मंगलबार नोभेम्बर २१ मा यमनविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । होम एण्ड अवेका आधारमा खेलहरु भइरहेका हुन् । 

नेपाली टीम शुक्रबार राति ११ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ