arrow

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा सात ओटा रिट, दर्ताका लागि अध्ययनका क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले टिकटक बन्द गरेपछि सो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।  

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले टिकटक बन्दविरुद्ध बिहान ११ः५५ बजेसम्म सात ओटा रिट आएको पुष्टि गरे । उनले ती रिटमा अहिले अध्ययन भइरहेको र अध्ययनपछि दर्ता हुने वा नहुने भन्ने टुंगो लाग्ने जानकारी दिए । 

तीमध्ये अधिवक्ता स्वागत नेपालले पनि दर्ताका लागि पेश गरेका छन् । 

सरकारले टिकटक बन्द गर्ने निर्णय गर्दा सामाजिक सद्भाव खल्बल्याउन टिकटकको प्रयोग भएको भन्दै सामाजिक, सांस्कृतिक सहिष्णुता कायम राख्न ‘तत्कालका लागि’ टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।  

जनताो मौलिक हक अधिकार हनन भएको भन्दै ब्यापक विरोध भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ