arrow

टिकटक प्रतिबन्ध माथिको रिटको पहिलो पेसी तोकियो, सोमबारबाट सुनवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
TikTok-logo-720.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेसी तोकेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौँ रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेसी तोकिएको अदालतले जनाएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० ओटा रिट निवेदन परेका छन् ।

शनिबार सार्वजनिक बिदा तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेसी तोकिएको हो ।

सरकारको निर्णय गैरकानूनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ