arrow

संसद गाली गर्ने थलो बन्यो : चन्द्र भण्डारी [भिडियो]

ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
chandra-bhandari-2080-08-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सङ्घीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् । 

शुक्रवारबाट रुपन्देहीको एक समारोहमा बोल्दै उनले सङ्घीय संसद गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे । 

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिए । 

वरिपरि जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए । 

सांसद भण्डारीले स्थानीय तह राम्रो भए पनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ