महाभारतकालीन लोकतन्त्रको मूल मन्त्र : ‘बसुधैव कुटुम्बकम्’

डा प्रकाश ढकाल प्रकाशित मिति : २०७३ कार्तिक २० शनिबार
तस्वीर : वेभ
काठमाडौं । धर्म शब्द धृञ् धातुबाट बनेको हो । यसको अर्थ धारण गर्नु वा पालन गर्नु भन्ने हुन्छ । यो संसार चलाउनका लागि संसारमा रहेका प्राणीहरूको यथार्थ स्वभावको आधारको रूपमा रहेको धर्म सबै प्रकारका अभ्युदयको कारण समेत रहेको छ । जसमा केही गडवडी भयो भनें यो संसार राम्ररी चल्न सक्दैन । 
 
निरुक्तमा धर्म शब्दको अर्थ ‘नियम’ हुन्छ । जुन नियमबाट यो संसार चल्दछ त्यही नै धर्म हो । जो व्यक्ति जुन अवस्था(वर्ण तथा आश्रम)मा रहेको हुन्छ त्यसले त्यो अवस्थामा पालन गर्नुपर्ने विशेष किसिमको धर्म हुन्छ त्यो विशेष धर्मलाई कर्तव्य संझेर गर्नुपर्दछ । विद्यार्थीले गर्नुपर्ने धर्म, गृहस्थले गर्नुपर्ने धर्म, एउटा शासकले गर्नुपर्ने धर्म, एउटा शिक्षकले विद्यार्थीप्रति गर्नुपर्ने धर्म आदि यस्ता धर्म अन्तर्गत पर्दछन् ।
 
“बसुधैव कुटुम्बकम्”को सिद्धान्त अनुसार सारा विश्वका मानिसहरू दाजुभाइ, दिदीबहिनी हुन् । जहाँ जात, वर्ण ,धर्म, लिङ्ग, पेशा, क्षेत्रको आधारमा शासकले कसैको पनि विभेद गर्नुहँदैन । राज्यमा समृद्धि ल्याउनका लागि लोकतन्त्र अपरिहार्य हुन्छ । हिन्दु धर्मका स्रोतहरू नै प्राचीन संविधानका स्वरूप हुन् । 
 
इमान्दारी पूर्वक मन, वचन र कर्मले सनातन धर्मको अनुसरण गर्नु नै आफैमा लोकतन्त्र हो । महाभारत यस्तो ग्रन्थ हो जसले मानव जातिलाई मात्र नभई सारा जगत्लाई नै स्वाभिमानी, कर्तव्यनिष्ठ एवं स्वतन्त्र भएर बाँच्न सिकाउँछ । महाभारतमा केवल युद्ध मात्र होइन यो त राजकीय,  सामाजिक धार्मिक, आर्थिक व्यवहारलाई सहज बनाउने सिद्धान्त हो । 
 
राजधर्ममा धर्म, कर्म, काम, मोक्ष सबै निहित छ । जसरी घोडालाई नियन्त्रणमा राख्नका लगाम र हात्तीलाई वशमा पार्नको लागि अंकुशी चाहिन्छ । त्यसैगरि समस्त संसारलाई मान मर्यादामा राख्न पनि राजधर्मकै आवश्यकता पर्दछ ।
 
प्राचीन ऋषि महर्षिहरूद्वारा सिद्धान्ततः स्थापित राजधर्म जनोपयोगी छ ।  राजाले मोह, मायामा फसेर प्रमादवश राज्यसञ्चालन गर्दा राज्यव्यवस्था बिग्रन जान्छ र सबै दुःखी हुन्छन् । सूर्यको उदयसँगै अन्धकारको नाश भएर ज्योति छरिएझैँ राजधर्मले पनि समाज, राष्ट्रमा रहेका अनेकाँै विकृति विसंगति लाई निवारण गर्दै राज्यमा शान्ति समृद्धिको असल कामना गर्दछ । राजाको पहिलो धर्म भनेको देवता र ब्राह्मणहरूको पूजा हो । 
 
यहाँ पूजाको आशय स्तुतिगान मात्र होइन । राजाले आप्mनो जीवनमा देवतालाई आदर्श मानेर सच्चा, त्यागी, निस्वार्थी ब्राह्मणहरूको सल्लाहमा राज्य सञ्चालन गर्नु हो ।राजधर्म सदा पुरुषार्थका निम्ति प्रयत्नशील हुन्छ । 
 
विना पुरुषार्थ केवल प्रारव्धले मात्र राजाको प्रयोजन सिद्ध हुन सक्दैन । यद्यपि राजाको कार्यको सिद्धिमा प्रारब्ध, पुरुषार्थ दुवै आवश्यक मानिएका छन् । प्रारब्ध पहिलेदेखि नै निश्चित छ । आरम्भ गरिएको कुनै कर्म,(राजकर्म) पुरा हुन सकेन अथवा बाधा परेमा पनि आप्mना मनमा दुःख नलिईकन आफु(राजा) सदा पुरुषार्थमा तल्लीन हुनु पनि राजधर्मको मूल मर्म हो ।
 
ऋषिहरूको सत्य नै धन हो । त्यसै गरी राजाले पनि सत्यद्वारा नै प्रजामा विश्वास उत्पन्न गराउनुपर्छ । राजा स्वयं गुण, शील, मन र इन्द्रियहरूलाई संयम गर्ने सामथ्र्य राख्नुपर्दछ । राजाले सबै काममा कोमलता र सरलताको अवलम्वन गर्नु श्रेय हुन्छ । 
 
तर अन्य राजकीय व्यवहारमा आप्mनो मन्त्रणा र कार्यकुशलता गोप्य राख्नु पर्नेमा भने सरलता र कोमलताको अवलम्वन गर्ने नीतिमा पर्दैन । राज्य सञ्चालनमा कोमलतानीति ज्यादा भएमा प्रजाहरू अटेर प्रवृत्तिका हुन्छन् भने ज्यादा कठोर नीति लागु हुँदा प्रजाहरू राजा उपर उद्धिग्न हुन्छन् र राजाकै विरुद्ध लाग्न सक्छन् । तसर्थ राजाले आवश्यकता अनुरूप कठोरता र कोमलता अवलम्वन गर्नु नै राजधर्मको मर्म हो ।
 
कुनै पनि वेद–वेदाङ्गबाट पारङ्गत ब्राह्मण भएपनि यदि त्यो शस्त्र उठाएर युद्ध गर्न आउँछ भने धर्मपालक राजाले आप्mनो धर्म अनुसार युद्ध गरेर उसलाई कैद गर्नुपर्दछ । जसले आप्mनो धर्म एवं कर्तव्य बिर्सेर राजा एवं राज्यका विरुद्ध केही गतिविधि गर्दछ भने त्यसको विरुद्ध राजा जाग्नु पर्दछ । राजाले ब्राह्मणहरूबाट लोप हुन लागेको नष्ट हुन लागेको धर्मको रक्षा गर्दछ । त्यस्ता राजालाई धर्मज्ञ भनिन्छ । सबै धर्मको रक्षा गर्ने नै राजधर्मले हो ।
 
अग्नि जलबाट निस्कन्छ, क्षत्रीय ब्राह्मणबाट उत्पन्न हुन्छ, फलाम ढुङ्गाबाट उत्पन्न हुन्छ । तर तीनवटै चिजहरू नै एक अर्काका शत्रु हुन् । किनकी फलामले ढुङ्गा फुटाल्छ, जलले अग्नि नियन्त्रण गर्छ । क्षत्रीयले ब्राह्मणसँग टक्कर गर्दा स्वयं उसले हार बेहोर्नुपर्दछ । तसर्थ राजाले ब्राह्मणसँग टक्कर लिनुहँुदैन । 
 
वर्तमान समयमा भने जसले राजा बनाउन भूमिका खेल्छन् । जसले नेता बनाउन भूमिका राख्छन्, उनैको विरुद्धमा जानु भनेको आप्mनै क्षय हुनु हो । तसर्थ आप्mना आधार हरूलाई आवश्यक सम्मान गर्नु पनि राजधर्म हो ।
 
राजाको सबै भन्दा ठूलो गहना धैर्य हो । धैर्यले सामान्य मनुष्यलाई मानव बनाउँछ भने मानवलाई राजा बनाउने सामथ्र्य राख्दछ । अपराधीहरूलाई दण्ड दिने सामथ्र्य राख्नु राजाको धर्म हो । जसले धैर्य गर्दछ त्यस राजालाई कहिल्यै भय हुदैन । राजाले कहिल्यै पनि धैर्यको त्याग गर्नु हुदैन । 
 
राजा उद्योगशील हुनुपर्दछ । उद्योग नगरीकन बस्ने राजाको कहिल्यै प्रशंसा हुँदैन । उद्योगी स्वभावले राजालाई मात्र होइन सारा जनतालाई पनि उद्योगतर्फ लम्किन पे्ररणा दिन्छ । राजा उद्योगशील हँुदा जनतामा हामी पनि उद्योग गरौं भन्ने चाहना जागृत हुन्छ । सोही जागरणको माध्यमबाट देशलाई समृद्ध बनाउन सहज हुन्छ ।
 
राज्यका सातअङ्ग मध्ये कसैको विरुद्धमा बोल्ने कसैलाई राजाले दण्डित गर्नुपर्दछ । राजाको आदेश, राज्यउपर विरुद्धको धावा बोल्नेलाई कार्बाही गर्ने अधिकार राजामा छ । देशको माटो, संस्कृति, सिमा,जनता एवं स्वयम् राजाको विरुद्ध जसले बोल्छ, त्यसलाई कार्बाही गर्दै राष्ट्र बचाउनु राजधर्म हो । प्रजावर्गलाई सदा प्रसन्न राख्नु नै राजाको सनातन धर्म हो । सत्यको रक्षा र व्यवहारको सरलता नै राजोचित कतव्र्य हो ।
 
जनतालाई सदा प्रसन्न राख्नु राजाको प्रधान कर्तव्य हो । जहाँका जनता अत्यन्त खुसी रहन्छन्, त्यहाँका जनता राजासँग अत्यन्त कृतज्ञ हुन्छन् । राजाको सहयोग,सद्भाव विना राज्यका जनतामा खुशीको बहार आउन सक्दैन, तसर्थ जतिपनि  जनता छन्, ती सम्पूर्णको मुहारमा शान्ति, आखाँमा सदाशा र मुखमा मिठास ल्याउनु  राजाको प्रधान कर्तव्य हो ।
 
नयाँ