arrow

जाजरकोट भूकम्पको पराकम्पन आउने क्रम अझै रोकिएन, आइतबार रुकुम पूर्वमा दुई ठूला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
earthquake-j-2080-07-18z.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जाजरकोटमा कार्तिक १७ गते गएको ६.४ रेक्टर स्केलको मझौला खालको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । 

आइतबार ४ रेक्टर स्केलमाथिका दुई ओटा पराकम्पन आएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो रुकुम पूर्वमा केन्द्रविन्दु भएर दुई ओटा पराकम्पन आएका हुन् । 

पहिलो पटक रुकुम पूर्वमा केन्द्रविन्दु भएर पराकम्पन आएका हुन् । दिउँसो २ः५९ बजे ४.३ तथा साँझ ४ः४७ बजे ४.२ रेक्टर स्केलको पराकम्पन आएको हो । 

योसँगै अहिलेसम्म ४ रेक्टर स्केलदेखि माथिका १४ ओटा पराकम्पन आएका छन् । साना पराकम्पन मापन भने कार्तिक २४ गते नै गर्न छोडिएको केन्द्रले जनाएको छ । २४ गतेसम्म ४८३ ओटा पराकम्पन आएका थिए । 

त्यसपछि भने पराकम्पन आइरहे पनि कम मात्रामा आएको भन्दै केन्द्रले संकलन गरी नजोडेको हो ।

भूकम्पबाट त्यतिबेला जाजरकोटमा १०१ तथा रुकुम पश्चिममा ५२ गरी १५३ जनाको मृत्यु भएको थियो । तर पछि उपचारका क्रममा केही र चिसोका कारण केहीले ज्यान गुमाइसकेका छन् । थुप्रै घाइते भएका छन् । 

भूकम्पविद्हरुले यो भूकम्प मझौला खालको भएकाले अझै ठूलो आउन सक्ने भन्दै सचेत गराइरहेका छन् । 

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ