arrow

संविधान संशोधनमा प्रमुख दल गम्भीर छैनन्ः यादव

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
upendra-yadav-600x0.jpg.jpeg
पथरी (मोरङ) । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् । 
 
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने  “तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।” सञ्चारकर्मीको अर्को प्रश्नमा यादवले संविधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने बताए  । 
 
त्यस्तै मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताए । 
 
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भए पनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताएका हुन्  । 
 
एमाले, काँग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने जिकिर उनले गरे। नेता गच्छदारले १६ बुँदे सहमतिका जगबाट उठाइएको आठ प्रदेशका पक्षमा आफू रहेको उनको भनाइ छ ।
 
यसैगरी नेकपा(माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले दलहरु आफू दह्रंो रुपमा प्रस्तुत हुने हो भने बाह्य चिन्ता र चासो हटेर जाने बताउनुभयो । 
 
पत्रकारसँगको भेटमा नेता पोखरेलले ऐनकानुनलाई आफ्नो हातमा लिन खोजेकोले अदुअआ प्रमुखमाथि महाभियोग लगाउन खोजिएको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ