arrow

नेपाल र यमनको खेल हेर्न जाने दर्शकलाई निःशुल्क बसको व्यवस्था, यस्तो छ रुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
dasharath-stadium-wide-evergreen-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । फिफा विश्वकप–२०२६ र एएफसी एसिया कप–२०२७ को संयुक्त छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज यमनसँग खेल्दैछ । नेपालले घरेलु दशरथ रंगशालाको मैदानमा यमनसँग पहिलो लेगको खेल खेल्न लागेको हो । 

खेल बेलुकी ७ बजेदेखि शुरु हुनेछ । यो खेल हेर्न जाने दर्शकलाई निःशुल्क बसको व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरिएको छ । 

खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ ।

त्यसैगरी दर्शकलाई घर फर्कनका लागि बसकोसमेत व्यवस्था रहेको पनि एन्फाले जनाएको छ । एन्फा महासचिव किरण राईले खेल राति सकिने भएकाले यातायात नहुने दर्शकका लागि बसको व्यवस्था गरिएको जनाए । 

फर्कन असहज नहोस् भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।  

एन्फाले भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनु पर्छ ।’ 


 
विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल खेल्न लागिएको हो । 

पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो । 

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ