arrow

संविधान संशोधनको कुरा बजार हल्ला मात्रै हो : महासचिव पोखरेल

logo
जीवन शर्मा,
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Ishwor-Pokharel.jpg.jpeg
ओखलढुंगा । एमाले महासचिव इश्वर पोखरेलले संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको  बताएका छन् । शनिबार ओखलढुंगामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पोखरेलले अहिले सम्म सरकार वा अन्य कुनै पक्षले संविधान संसोधनका बारेमा स्पष्ट धारणा बनाउन नसकेको बताएका हुन् । 
 
‘संविधान गतिशील दस्तावेज हो, असंशोधनीय होइन । तर संशोधन केका लागि ?  भन्ने प्रष्ट हुनुपर्छ’ पोखरेलले भने, ‘संविधान संशोधनको राजनीतिक बजार मात्र भइरहेको छ’ संविधान संशोधनीय दस्तावेज भएपनि अभ्यास, अनुभव र औचित्यपूर्ण हिसाबमा मात्र संशोधन गर्न सकिने उनको भनाई छ । 
 
 संविधान संशोधन, सीमांकन, स्थानीय निकायको पुर्नसंरचना र निर्वाचन लगायत विषय राजनीतिक दलकै इच्छाशक्तिमा निर्भर हुने भन्दै पोखरेलले फरक प्रशंगमा तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी रहेको बताए । मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी रहेको उनको भनाई छ ।
 
फरक प्रसंगमा पोखरेलले कांग्रेस कुनै हालतमा अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा जान नसक्ने समेत बताए । एमाले ओखलढुंगाको अगुवा कार्यकर्ता भेलालाई महासचिव पोखरेल,प्रदेशन नं. १ संयोजक भिम आचार्य,सहसंयोजक शेरधनराई, केन्द्रिय सदस्य एवम् सांसद यज्ञराज सुनुवार, सांसदहरु हर्कबोल राई, सकुन्तला राजभण्डारीले सम्बोधन गरेको एमाले जिल्लाकमिटी उपाध्यक्ष नेत्र प्रसाद भट्टराइले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ