arrow

निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार प्रारम्भिक सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
maitighar-mandala-xi.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । 

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् ।

उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ । 

जिल्ला सुरक्षा समिति काठमाडौँले गरेको सिफारिसका आधारमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ