arrow

उत्तर भारतमा बस दुर्घटनामा सोह्रको मृत्यु, अठ्ठाइस घाइते

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
accident.jpeg
नयाँ दिल्ली (भारत) । उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा यसमा सवार १६ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन् । 
 
हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरको लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए । उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो । 
 
दुर्घटनामा १६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने केहीलाई सख्त घाइते अवस्थामा अस्पताल पठाइएकाले मृतक सङ्ख्या यो भन्दा बढ्न सक्ने उनले बताए । घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाइ सकिएको प्रहरीले बताएको छ । 
 
भारत सडक दुर्घटनाका कारण विश्वकै धेरै मानिसको ज्यान अकालमा गुमाउने मुलुकमध्ये एक हो । भारतीय सरकारी तथ्याङ्कअनुसार भारतमा प्रत्येक वर्ष एक लाख ३० हजार मानिसले कमजोर सडक संरचना, अत्यधिक गतिमा र मध्यपानको सेवन गरी ड्राइभिङ गर्ने गरेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ