arrow

विश्वकप छनोट फुटबल

विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार, घरेलु मैदानमा यमनसँग पराजित  

रंगशालामा उपस्थित १३ हजार ७३५ दर्शकको साथ पाए पनि केही अवसरलाई गोलमा परिणत गर्न सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
football-nepal-yeman-2023-1.jpg

काठमाडौँ । फिफा विश्वकप – २०२६ र एएफसी एसिया कप – २०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गत साता यूएईसँग उसकै मैदानमा ४–० ले पराजित भएको नेपाल मंगलबार घरेलु मैदानमा यमनसँग पनि निराश हुनुपर्यो । 

दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भयो । दुवै गोल अन्तिम ३० मिनेटमा भएका हुन् । पहिलो गोल ओमर अब्दुल्लाह अल दाहीले ७२ औँ मिनेटमा र अर्को गोल इन्जुरी समयको पहिलो मिनेटमा मोहम्मद अब्दुल्लाह अल दाहीले गोल गरेका हुन् ।  

रंगशालामा उपस्थित १३ हजार ७३५ दर्शकको साथ पाएको भए पनि नेपालले केही अवसरलाई गोलमा परिणत गर्न सकेन । 

फिफा वरीयतामा यमन १५६औँ स्थानमा रहेको छ भने नेपाल १७३ औँ स्थानमा रहेको छ । घरेलु मैदानमा नेपालले अनुकूल परिणाम निकाल्ने अपेक्षा गरिएको भए पनि घरेलु मैदानको फाइदा उठाउन सकेन । 

अखिल नेपाल फुटबल संघ एन्फाले दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरेको थियो । 

त्यसैगरी दर्शकलाई घर फर्कनका लागि बसकोसमेत व्यवस्था गरेको छ । 

विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल भइरहेका हुन् । 

पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो । त्यतिबेला नेपाल ११–० ले पराजित भएको थियो । 

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ