arrow

शुक्रबारसम्म यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
cold-weather.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
 
आज बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
शुक्रबार देशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ