arrow

समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्छ : यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
DPM-Upendra-Yadav.jpg
तस्बिर-फाइल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिकस्तरका आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्ने सुझाव दिएका छन् । 

देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै नेता यादवले हालको मापदण्डलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय समावेशी आयोगले आज ललितपुरमा आयोजना गरेको छलफलमा अध्यक्ष यादवले सीमान्तकृत वर्गभित्रकै हुनेखाने चतुर व्यक्तिले आरक्षणको दुरुपयोग गर्दै आएकोे टिप्पणी गरे । 

काठमाडौँमा घर भएका, व्यापार व्यवसायमा जमेका, आर्थिक एवं शैक्षिकरुपले बलियो भएका व्यक्ति नै सबैभन्दा बढी आरक्षणको दुरुपयोग गरेको नेता यादवले बताए । 

भाषा, धर्म र जातिलाई आधार मानेर अल्पसङ्ख्यकको परिभाषा र मापदण्ड तोक्नुपर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ