arrow

रेमिट्यान्सतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी आईएमई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
ime-group-ime-remit-hem-raj-dhakal-ird-2080.jpg

काठमाडौँ। आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजस्व विभागले आयोजना गरेको विशेष समारोहमा बढी आयकर तिर्ने कम्पनी भएसँगै आईएमईलाई सम्मान गरिएको छ । 

अर्थमन्त्री डा‍. प्रकाशशरण महतले आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । 

आर्थिक वर्ष २०७८–७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिट्यान्सतर्फ आईएमईले सबैभन्दा बढी आयकर बुझाएको थियो । 

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। 

आइएमईलाई बैकिङ सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ।

आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसअघि पनि पटक पटक सम्मानित हुँदै आएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ