arrow

आज र भोलि यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यता सफा रहेको छ । 

दिउँसो देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
 
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

भोलि मङ्सिर ९ गते पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ