arrow

दुर्गा प्रसाईको थप आन्दोलनलाई सुरक्षा निकायले अनुमति दिएन, जबरजस्ती गरे बल प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
durga-prasain-2080-08-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले तीनकुनेमा गर्ने भनिएको कार्यक्रममा सुरक्षा निकायले अनुमति दिएको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति नभएको जनाएको छ ।  

प्रसाई समूहले जबरजस्ती गरे प्रहरीले बल प्रयोग गर्ने सम्भावना रहेको छ । आज हुने भनेको कार्यक्रममा तनाव सिर्जना गर्ने हुन सक्ने अवस्था आएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले हिजोबाट राजधानीमा शुरु गरेको बृहत् मुक्ति आन्दोलन आज तीनकुनेमा गर्ने उद्घोष गरेको थियो । 

तर हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन । जसले स्थिति असामान्य हुन सक्ने देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गणतन्त्रविरोधी अभियन्ता प्रसाईको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको जनाउँदै त्यहाँ कार्यक्रम गर्ने अनुमति नभएको जनाएको हो ।

प्रसाईले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उत्तेजक अभिव्यक्ति दिएका थिए । 

काठमाडौँ प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भइ आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराइ सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमासमेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, जिल्ला प्रशासनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ