arrow

दुर्गा प्रसाई भन्छन् –सबैलाई लिएर प्रचण्ड र ओलीको घरमा घेर्छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
durga-prasai-2080-08-08-.jpg

काठमाडौँ । नागरिक बचाउ अभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् । 

हिजोदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन शुरु गरेका प्रसाईले दुःखी चेलिबेटीहरुलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौँ,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’ 

उनले काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने बताएका छन् ।

‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोलि तपाईहरुको धनीपुर्जा पनि हुन्न’ उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ