बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले दुर्गा प्रसाईले, आइतबार सुनुवाइ
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
1.5k
Shares
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् ।
अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षबाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आइतबार सुनवाइ हुनेछ।
सरकारले उनको घरमै उनलाई नजरबन्दमा राखेको हो । यद्यपि प्रशासनले भने उनलाई सुरक्षा दिइएको बताएको छ ।