arrow

दैलेखमा स्थानीय संरचना : ४ नगरपालिका र ७ गाउँपालिका बन्ने

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
dailekh-district-maps-.jpeg
दैलेख। स्थानिय तह पुन संरचना आयोगको नयाँ मापदण्ड अनुसार दैलेखमा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बन्ने भएका छन्। आयोगले जिल्लामा ८ देखि ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार स्थानीय इकाईको निर्माण गरिने भएको हो। राजनीतिक दल र जिल्लास्थित प्राविधिक समितिको बैठकले स्थानीय इकाईको नाम, संख्या र केन्द्रमा सहमति जुटाएको हो । दुई वटा निर्वाचन क्ष्ोत्र रहेको दैलेखमा निर्वाचन क्षेत्र नम्बर १ मा १ नगरपालिका र ५ वटा गाउँपालिका बनाउने समिति भएको छ। भने निर्वाचन क्षेत्र नम्बर २ मा ३ नगरपालिका र २ गाउँपालिका बनाउने सहमति भएको छ।
 
जिल्ला स्थित सवेै राजनैतिक दल र प्राविधिक समितिले को बैठकले ११ वटा स्थानीय इकाईको नाम, संख्या तथा सीमांकन टुंग्याएको छ । क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका बनाएको छ । हालको नारायण नगरपालिकामा विन्ध्यावासिनी, भवानी र आधार खरिगैरा गाभेर नारायण नगरपालिका बनाउने निर्णय भएको छ । यस नगरपालिकाको केन्द्र हालकै रहने छ । यस्तै काँशिकाँध, रानीवन, बाँसी र बडाखोलालाई गाभेर महाबु गाउँपालिका बनाइने छ । 
यसको केन्द्र गैँडाबाज रहने छ । तोली, नौमले, बालुवाटार, कालिका, द्धारी, सल्लेरी र चौराठा गाभेर नौमुले गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र नौमुले रहने छ । यस्तै पगनाथ, जगनाथ, महेलतोली रुम, कट्टी र बडाभैरव गाभेर भगवतीमाई गाउँपालिका बनाइने छ । यसको केन्द्र बेस्तडा रहने सहमति भएको स्रोतले जानकारी दियो। लाँकुरी, बेलपाटा, डाँडापराजुल र अवलपराजुल गाभेर बन्ने डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडापराजुल बनाउने सहमति भएको छ। यस्तै लालीकाँडा, पिलाडी, गोगनपानी, सेरी, बराह र खड्गवाडा गाभेर बनाइने गुराँस गाउँपालिकाको केन्द्र भटुकेनीचौर राख्ने सहमति भएको छ।
 
क्षेत्र नम्बर दुईमा दुल्लु नगरपालिकामा मालिका, गौरी, कालभैरव र गमौडी गाभेर दुल्लु नगरपालिका बनाउने र यसको केन्द्र हालकै दुल्लुलाई बनाउने सहमति भएको छ। यस्तै जम्बुकाँध, चामुन्डा र लयँटीविन्द्रासैनी गाभेर चामुण्डा विन्द्रासैनी नगरपालिका बनाउने र यसको केन्द्र जम्बुकाँध बनाउने सहमति भएको छ। राकमकर्णाली, सात्तला, तिलेपाटा, सिँगौडी, पिपलकोट र सिँहासैन गाभेर आठविस नगरपालिका बनाउने सहमति भएको छ।
 
स्रोतका अनुसार यस नगरपालिकाको केन्द्र राकमकर्णाली हुनेछ। लकान्द्र, विशाला र तोलीजैसी गाभेर ठाँटीकाँध गाउँपालिका बनाउने निर्णय भएको छ। यसको केन्द्र ठाँटीकाँध रहने छ। यस्तै रावतकोट, भैरीकालिकाथुम र कुसापानीलाई गाभेर भैरवी गाउँपालिका बनाउने सहमति भएको छ। 
यसको केन्द्र सिलंगी रहनेछ। क्षेत्र नम्बर १ र २ का नेता तथा पेशाकर्मीबीच कुन क्षेत्रमा कति इकाई बनाउने भन्नेमा चर्को बहस भएपनि दलहरु लामोछलफपछि निश्कर्षमा पुगेका हुन्। स्थानीय पुनःसंरचना आयोगले यही कात्तिक २० गतेभित्र प्रतिवेदन बठाउन जिल्लास्थित प्राविधिक समितिलाई परिपत्र गरेअनुसार निर्णय गरिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले वताउनु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ