arrow

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने सत्य हैन भन्ने कोषले वास्तविकता किन खोलेन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
pashupati-2080-04-01.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । 

उनले भने, “पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ ।” कोषले आज प्रेस विज्ञप्ति प्रकाशित गरी भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्तिसमेत जनाएको छ ।

“समग्र हिन्दूहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

भ्रामक समाचारका कारण हिन्दू धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको कोषको भनाइ छ । 

नेपालीमा उखान छ हावा नलागी पात हल्लिन्न । तर कोषले विज्ञप्ति निकालेर केवल समाचारमा सत्यता नभएको बताएर टारेको छ । सत्यता के हो भनेर उसले स्पष्ट नखोल्दा शंका थप बढेको छ । 

यति गम्भीर विषयमा केवल सत्यता नभएको भनेर पन्छिन कोष पाउँदैन । कोषले स्पष्टसँग बुझ्ने भाषामा सबैलाई बुझाउनु जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ