arrow

अंगीकृत नागरिक प्रमुख बन्न पाउने संशोधन प्रस्तावको काठमाडौंमा विरोध(भिडियो)

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
news-nagarikta-pradarshan.jpeg

काठमाडौं । सरकारले संविधान संशोधनका लागि तयार पारिएको भनिएको संशोधन सूचना (ड्राफ्ट) बाहिर आउने वित्तिकै नेपाली राजनीति र नागरिकबीचमा तरंग पैदा भएको छ ।

सरकारले तयार पारेको भनिएको सो ड्राफ्टको अन्तिम बुँदामा अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्रीसहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्ताव छ । सोही विषयलाई लिएर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएको युवा जमातले सरकार र सत्तासिन दलविरुद्ध समेत नारावाजी गरेका छन् ।
 
प्रदर्शनकारीले भारतीय दलाल होसियार, सिक्किमीकरण अत्य गर, लेण्डुप सरकार चाहिँदैन, अंगीकृत प्रमुख चाहिँदैन, नेपाल तिमीहरुको विर्ता होइन, सरकारमा छ माओवादी नेपालको भो बर्बादी लगायतका नारा लगाएका छन् । सरकारले छलफलका लागि मधेसी नेताहरुलाई बुझाइएको भनिएको ड्राफ्टमा सीमाङ्कनको विषय समेत उल्लेख छ ।

विरोध प्रदर्शनको भिडियो

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ