arrow

सबैलामा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
Sabaila_NaPa.png

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली बिदा दिएको छ‌।

नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमबार बिदा दिएको सूचना जारी गरेका हुन् । सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय बिदा रहने सूचनामा उल्लेख छ ।

धनुषा र सिराहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ