arrow

पदबाट हट्नुअघि तिमिल्सिना निरन्तर विदेश यात्रामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
ganesh-prasad-timalsina-back.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आइतबार राति अष्ट्रेलिया जाँदै छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नेछन् । 

उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

उनी  पछिल्लो समय निरन्तर विदेश गएका छन् । उनको कार्यकाल फागुनमा सकिँदैछ ।



नयाँ