arrow

‘बाआमा स्वास्थ्य कार्यक्रम’  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
Khairahani naharpalika.jpg

चितवन । खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’  को सुरुआत गरेको छ ।

खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका-१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तिमा चार महिनामा एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । 

नगरवासी ज्येष्ठ नागरिकको सम्मानित र गुणस्तरीय जीवन सुनिश्चितताका लागि स्वास्थ्य परीक्षण निःशुल्क औषधि वितरण, ज्येष्ठ नागरिक मञ्च गठन, ज्येष्ठ नागरिकका लागि सुरक्षित आश्रमस्थल निर्माण गर्नेलगायत काम गरिरहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाआमा स्वास्थ्य कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी दिनमा यस कार्यक्रमको दायर थप विस्तार गर्दै लैजाने उल्लेख गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ