arrow

प्रदुषणका कारण दिल्लीको विद्यालय ३ दिन बन्द

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
School-Closed.jpeg
काठमाडौ । भारतको राजधानी दिल्लीमा चरम वायु प्रदुषण भएपछि त्यहाँका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । आइतबार दिल्लीका मुख्य मन्त्री अरबेन्द केजरिवालले आकास्मिक परिधिको सुची उद्घोष गर्दै विद्यालय बन्दको जानकारी दिएका हुन् । 
 
दिपावलीपछि दिल्लीमा बढेको वायु प्रदुषणसँग लड्न आइतबार नै केजरिवालले मन्त्रीस्तरीय बैठक बोलाएका छन् । उनले दिल्लीमा वायु प्रदुषण चरम उत्कर्षमा पुग्ला भनेर आफुहरुले कहिले आशा नगरेको बताए । 
 
प्रदुषण पछि मुख्य मन्त्री केजरिवालले पाँच दिनसम्म सहरमा कुनैपनि निर्माणको काम नगर्न निर्देशन दिएका छन् । उनले प्रदुषणको विषयलाई राजनीतिकरण गर्नुभन्दा पनि यसलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताए । 
 
केजरिवालले दिल्लीका जनातालाई सकेसम्म घरभित्रै बस्न आग्रह पनि गरेका छन् । उनले समस्यालाई यथाशिघ्र न्युनिकरण गर्न आवश्यक सबै कदम परिचालित गरिएको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ