arrow

कमल थापा र प्रधानमन्त्री प्रचण्डबीच भेट, के भो कुराकानी ?

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
kaml-thapa-and-prachnd--1.jpeg

काठमाडौं । संविधान संशोधनको विषयमा भएको छलफल र पछिल्लो गतिविधिलाई लिएर राजनीतिक वृत्तमा हंगामा भइरहेका बेला राप्रपा नेपालका अध्यक्ष कमला थापा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधनकै विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार प्रधानमन्त्री दाहालले राप्रपा नेपालका अध्यक्ष थापालाई संविधान संशोधनमा सघाउन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष थापाले संघीयताको विषयमा आफुहरुको पहिलेकै अडान रहने सुनाउँदै मधेस केन्द्रित दलसहित असन्तुष्टलाई सहमतिमा ल्याउने प्रयास सकारात्मक भएको बताए ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष थापाबीच निर्वाचनको तयारी सम्बन्धमा कुरा भएको र निर्वाचनको सहमतिका लागि राप्रपा नेपालले सघाउने कुरा भएको बताइएको छ । प्रधानन्त्री दाहालले आइतबारै तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र थरुहट तराई पार्टीका सांसद गोपाल दहितको प्रतिनिधिमण्डलसँग समेत कुराकानी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ