arrow

पूर्वराजालाई बहालवाला सरह श्री ५ लेखेको शिलालेख हटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
shreepanch-gyanendra-salik.jpg

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले गत शनिबार उद्घाटन गरेको पृथ्वीनारायण शाहको श्री ५ लेखेर अनावरण गरिएको सालिकको शिलालेख हटाइएको छ ।  

बिर्तामोड –१ स्थित इकम कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएको थियो । 

योसँगै कलेजमाथि कारबाही प्रक्रिया अघि बढेपछि कलेजले उक्त शिलालेख हटाउन लगाएको हो । संविधानको ठाडो उल्लंघन गरेको भन्दै उक्त कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ