arrow

कर्मचारी संगठनको निर्वाचन : सर्वसम्मत गराउन शिक्षा मन्त्रालयमा कसरत

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
NGEO1.jpeg
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनमा चुनावी माहोल तातेको छ । सोमबारदेखि हुने संगठनको अधिवेशनको पहिलो दिन शिक्षा मन्त्रालय विभागीय कार्य समितिले नयाँ नेतृत्व पाउँदैछ ।
 
अहिलेसम्म प्राप्त जानकारीका अनुसार संगठनमा अध्यक्षको रूपमा शिवराज पोखरेललाई निर्वाचित गर्न लगभग सबै सहमत रहेका छन् । तर, मोटामोटी छलफलमा अध्यक्षकोलागि कोहीपनि अन्य आकांक्षी रहेकोले सर्वसम्मत नेतृत्वको सम्भावना देखिएको कर्मचारी स्रोतको भनाई रहेको छ ।
 
यसकोलागि विहानैदेखि विभागीय कार्यसमितिको कार्यालयमा प्रतिनिधिहरूबीच छलफल भईरहेको छ । अध्यक्षबाहेकको पदमा भने को के मा उठ्ने भन्नेकुरा खुलाईएको छैन ।
 
उता केन्द्रीय प्रतिनिधिकोलागि भने आईतबार अबेरसम्म पनि सहमति जुट्न सकेको छैन । दुईजना प्रतिनिधि जान पाउनेमा तीन जनाले आकांक्षा देखाएपछि सहमति हुन नसकेको हो । केन्द्रीय प्रतिनिधिकोलागि अहिले विभागीय समितिको सभापति रहेकी सुशीला कुमारी शाह, नगेन्द्रप्रसाद दाहाल र रूक्मिणी अधिकारीले यसमा आकांक्षा देखाएको स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ