arrow

चार प्रदेशमा आज मौसम यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
cold-weather.jpg

काठमाडौँ । आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा  हिमपातको सम्भावना रहेको छ । 

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रहेको छ ।

यी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

बाँकी भू–भागमा  भनेआंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक-दुई–स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ