arrow

बाजुरामा नौ स्थानिय तह हस्ताक्षर विना नै पठाइयो

logo
प्रेम रौले,
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । बाजुरामा स्थानिय तह नौ वटा प्रस्तावित गरिएको छ । गाउँ पालिका , नगरपालिका  र विशेष संरक्षित क्षेत्र,सिमा निर्धारण जिल्ला प्राविधिक समितिले चार नगरपालिका र तिन गाउपालिका र  दुई वटा विशेष  संरक्षित प्रस्ताव गरेको हो ।
 
भौगोलिक अध्ययन सर्वपक्षिय सहमतीका आधरमा नौ स्थानिय तह  बनाउने निर्णय गरिएको समितिले जनाएको छ । सर्वपक्षीय सर्वसहमतीका आधारमा स्थानिय तहको निर्धारण भएको निमित्त स्थानिय विकास अधिकारी प्रेम बहादुर सिंहले बताए । जसमा चार प्रस्तावित नगरपालिका तिन गाउँपालिका र दुइ वटा विशेष संरक्षित क्षेत्र प्रस्तावित भएका छन् । सिफारिसका अनुसार निर्वाचन क्षेत्र एक मात्र भएकाले नौ स्थानिय तह  प्रस्तावित गरिएको सिंहले बताए । 
 
जिल्लामा २४ गाविस र एक नगरपालिका रहेका छन् । मानाकोट दहकोट र बडिमालिका १ बसाला र टाडाकोट,रुगिन र विच्छ्या विशेष संरक्षित क्षेत्रमा रहेका छन् । भने गाउपालिका वाइ,जुकोट र साप्पाटा स्वामीकार्तिक गाउपालिका ,जगन्ननाथ गोत्री र बाधुको आधाषेत्र कर्णाली गाउपालिका,कोलटी कोटिला पाण्डुसैन र बाधुको आधा भाग गरी बुढीनन्दा नगरपालिका तोकिएका छन् । 
 
यस्तै आटिचौर,डोगडी,गुदुखाती,काँडार जयवागेश्वरी छेदेहद  गाउपालिका सिफारिस गरिएका छन् । त्यसैगरि ब्रह्मतोला,कुल्देवमाण्डौ,बाह्विस बुढीगंगा नगरपालिका र कैलाशमाण्डौ तोली र छतारा त्रिवेणी नगरपालिकाको लागि सिफारिस गरिएको निमित्त स्थानिय विकास अधिकारी सिंह बताउछन् । 
 
तर स्थानिय तहमा  वडाका लागि राजनितिक दलले विवाद गरेको प्राविधिक समितिले जनाएको छ । उनीहरुले संरक्षित क्षेत्र र नगरपालिकामा विभाजित वडाहरुको हेरफेरका लागि भने जिल्लाका दुइ दलले हस्ताक्षर नगरेको बताइएको छ ।
 
जिल्लाका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले वडाहरुमा केही नमिल्ने गरी विभाजन गरेकाले हस्ताक्षर नगरी नै केन्द्रमा पठाइएको छ । पुर्नसंरचनामा सहमती र सहकार्य गर्न खोज्दा एमालेले विवाद गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव दिपक शाहले बताए । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि उपसचिव गगन रावलले बैठकमा नेपाली काँग्रेसको कुनै जिम्मेवारी व्यक्ति नै सहभागि नभएको सुनाए  । उनले सहमती गर्नका लागि आफ्नो पार्टी तयार भएको बताए । यस्तै नेकपा माओवादी केन्द्रले एमालेले आफ्नै मनोमानी रुपमा वडाहरुको निर्धारण गरेकाले जिल्ला विकास समितिको कार्तिक ११ गते बसेको बैठकमा हस्ताक्षर नगरी बाहिरीएको बताएको छ । 
 
यस भन्दा पहिले स्थानिय तहका लागि सात वटा बनाउने परिपत्र अनुसार पुनसंरचना आयोगमा पठाइएको थियो । तर दोस्रो पटक सात देखि नौ स्थानिय पुर्नसंरचना बनाउन परिपत्र आएपछि बाजुरामा दुई विशेष संरक्षित क्षेत्र बनाइएको प्राविधिक समितिका सदस्य तथा जिल्ला प्राविधिक कार्यालय बाजुराका इञ्जिनियर जंग बहादुर थापा बताउछन् ।  स्थानिय तहमा नगरपालका लागि १७ हजार जनसंख्या हुनुपर्ने पवधान रहेको छ,भने गाउ पालिकाका लागि आठ हजार देखि १३ हजार हुनुपर्ने प्रावधन रहेको प्राविधिक समितिले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ