arrow

जनदवाव पछि थबाङ स्वायत्त गाउँपालिका सिफारिस

काँग्रेस र राप्रपा नेपालको केही बुँदामा असहमति

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
thebags.jpeg
लिबाङ (रोल्पा)। ब्यापक जनदवाव पछि थबाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थबाङबासीहरुले गरेको आन्दोलनका कारण थबाङलाई स्वायत्त गाउँपालिका सिफारिस गरिने भएको हो । 
 
आइतबार बिहान ७ बजेदेखि बसेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको बैठक  साँझ करीव ६ बजेमात्र टुंगिएको थियो । आयोगले ९ वटा संख्या निर्धारण गरेको भएता पनि बैठकले रोल्पाका लागि १० वटा स्थानीय तहको सिफारिस गरी पठाउने निर्णय गरेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिए ।
 
वैद्यका अनुसार पञ्चायतकालदेखि सशस्त्र द्वन्द्वको उद्गम थलोको रुपमा चर्चा, परिचर्चा पाएको ऐतिहासिकता र भौगोलिक बिकटताको कारण थबाङलाई थप एक स्वायत्त गाउँपालिका माग  गर्न बैठकमा सहमति भएको हो । 
बैठकमा थबाङलाई गाउँपालिका बनाउने विषयमा सबैको सहमति भएता पनि नेपाली काँग्रेस र राप्रपा नेपालले भने केही बुँदामा असहमतिका साथ निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन् । 
 
कार्यशर्त र कार्यविधिमा इलाकालाई मूख्य आधार मान्ने उल्लेख भएता पनि भैरहेको इलाकाको केन्द्र जुगारमा प्रस्तावित त्रिवेणी गाउँपालिकाको केन्द्र नराखेको भनी नेपाली काँग्रेसले असहमति जनाएको छ । राप्रपा नेपालले पनि जुगारमा र प्रस्तावित लुंग्री गाउँपालिकाको केन्द्र गाजाबाङमा नराखेको भनी असहमति जनाएको छ ।
 
बैठकले थबाङ स्वायत्त क्षेत्र, रोल्पा नगरपालिका केन्द्र लिबाङ, त्रिवेणी गाउँपालिका केन्द्र त्रिवेणी÷जुगार, रुन्टीगढी गाउँपालिका केन्द्र होलेरी, दुईखोली गाउँपालिका केन्द्र पुत्लाखोला, सुकीदह गाउँपालिका केन्द्र सुखाओडार, माडी गाउँपालिका केन्द्र घर्तीगाउँ, सुवर्णावती गाउँपालिका केन्द्र सुलिचौर, सुनछहरी गाउँपालिका केन्द्र पोबाङ र लुंग्री गाउँपालिका केन्द्र बडाचौर गरी १० वटा संख्या सिफारिस गरी पठाउने भएको छ । समितिले सदरमुकाममा रहेको नगरपालिका  लिबाङको नाम परिवर्तन गरी रोल्पा नगरपालिका नामाकरण गर्ने निर्णय गरेको जनाएको छ । 
 
थबाङलाई गाउँपालिका बनाउने सहमति भएपछि थबाङबासीहरु घरघर फर्किसकेको आन्दोलन समितिका संयोजक जयप्रकाश रोकाले जानकारी दिनुभयो । जिल्ला विकास समिति वरिपरी व्यापक रुपमा परिचालन गरिएको सुरक्षाकर्मीको भीड पनि अहिलेबाट पातलिँदै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ