arrow

तनहुँमा अजिङ्गर भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
Ajinger tanahun.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका-१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको छ ।

स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन् ।

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् । 

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षितरुपमा राखिएको जानकारी दिए ।

घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए । 

उनले भने, “अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ