arrow

अमेरिकी अर्थतन्त्रमा क्लिन्टन “निरन्तरता”, ट्रम्प “अज्ञानता” – स्टिभ अड्ल्यान्ड

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
वासिङ्गटन । अमेरिकी कर प्रणाली, सार्वजनिक खर्चब्यबस्था र आरक्षण सम्बन्धि ब्यबस्थापनका विषयमा राष्ट्रपतीय उम्मेदबारद्वय मध्ये क्लिन्टनको अर्थ “निरन्तरता” र ट्रम्पको अर्थ “अज्ञानता” हो भनी एउटा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक अर्थनीति समुहः कमिटि फर इकोनोमिक डेभेलप्मेन्टका अर्थविद् स्टिभ अड्ल्याण्डले भनेका छन् । 
 
हिलारी क्लिन्टनका अभिव्यक्तिले वर्तमान अमेरिकी अर्थतन्त्रलाई निरन्तरता दिने तर, ट्रम्पले बेलाबखतमा अभिव्यक्त गरेका आर्थिक प्रस्तावले भने वर्तमान अमेरिकी अर्थतन्त्रलाई झस्काउने वा आर्थिक उग्रवादतर्फ धकेल्ने सम्भावना देखाएको छ । 
 
ट्रम्पका बिभिन्न आर्थिक अभिब्यक्तिलाई धेरै अर्थशास्त्री तथा अर्थविदहरु अमेरिकाको वर्तमान आर्थिक समृद्धिलाई खतरा पु¥याउने खालको भनी झस्किने गर्छन् ता पनि यी रिपब्लिकन उम्मेदवारले प्रस्तुत गरेका आर्थिक सुधारका योजनाबाट अमेरिकी अर्थतन्त्रले थप लाभ उठाउन सक्नेमा अमेरिकाका साना ब्यबसायी तथा स–साना लगानीकर्ताहरु भने आशावादी रहेका भेटिएका छन् । 
 
दुई उम्मेदबारकाबीच अति कडा प्रतिस्पर्धा भैरहेको यस स्थितिमा निर्वाचन सम्पन्न हुन दुई दिन मात्र बाँकी छँदा गरिएको अर्थतन्त्रीय प”र्वसर्भेक्षणात्मक मतसङ्कलनको नतिजालाई हेर्ने हो भने विश्व अर्थतन्त्र आंकलन र अनुगमन गर्ने दुई विशाल संस्थाहरुमध्ये “वाल स्ट्रिट” क्लिन्टनको पक्षधर र “मेन स्ट्रिट” चाहीँ ट्रम्पको पक्षधर रहेको पाइएको बताउँछन् उनै अर्थविद् स्टिभ अड्ल्याण्ड । 
 
त्यस्तै, अर्को आर्थिक संस्था सिएनबिसी नेटवर्कद्वारा आयोजित, अर्थविज्ञ तथा वाल स्ट्रिट सदस्यहरु समेत ५० जनासँग गरिएको प”र्वसर्भेक्षणमा ८२ प्रतिशतले क्लिन्टन विजयी हुने मत प्रकट गरे । 
 
अर्थतन्त्रका लागि ट्रम्पको आर्थिक प्रस्तावले लाभ दिने पक्षमा ४६ प्रतिशत खडा भए भने क्लिन्टनको पक्षमा ३९ प्रतिशत मात्र । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ