arrow

अस्थायी आवास बनाउन सेना र प्रहरी खटाउने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
earthquake-j-2080-l.jpg

काठमाडौँ । सरकारले जाजरकोट र रुकुम पश्चिम भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ ।  

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

गत १७ कात्तिकमा जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको मझौला शक्तिशाली भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा कम्तीमा १५३ जनाको मृत्यु भएको छ । हजारौँ घर ध्वस्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ