'राणा, शाह तथा कम्युनिष्ट अतिवादविरुद्ध जुधेर काँग्रेसले काम गरेको हो'
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
1.3k
Shares
काठमाडौँ । नेपाली काँग्रेसका नेता महेश आचार्यले राजनीतिक दलका नेता संवेदनशील नहुँदा प्रजातन्त्र नै जोखिममा परेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज काभ्रेको साधारणसभा तथा विचार गोष्ठीमा बोल्दै नेता आचार्यले भने, ‘राणा, शाह तथा कम्युनिष्ट अतिवादविरुद्ध जुधेर काँग्रेसले प्रजातन्त्रको पक्षमा काम गरेको हो तर अहिले पनि प्रजातन्त्र जोखिममा छ ।’
प्रजातन्त्र जनतासँग जोडिने र जनतालाई निर्भय बनाउने प्रणाली र जीवन पद्धति भएको र समाजवाद उत्पादन र वितरणसँग सम्बन्धित भएको उनको भनाइ छ ।
त्यसैगरी, सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले मुलुकको राजनीतिक अवस्था र उपलब्धिको विषयमा प्रजातान्त्रिक विचार समाजजस्ता संस्था जनस्तरमा पुर्याउनसके अर्को उपलब्धि हुनेथियो भने । रासस