arrow

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
pachaljharana gaunpalika.jpg

कालिकोट । कालीकोटको पचालझरना गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने (सोमबार र मङ्गलबार) निःशुल्क शिविरबाट नौ सय ७० ले सेवा लिएका हुन् । सेवा लिनेमा छ सय ८५ महिला र दुई सय ८५ पुरुष रहेका छन् ।

आँखा उपचार सेवा लिनेमा तीन सय २३, स्वास्थ परीक्षण तथा उपचार सेवा लिनेमा चार सय ८४ जना रहेका जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले जानकारी दिए । 

उनका अनुसार दन्तरोग तथा मुख स्वास्थ्य सेवा लिनेमा ९२, क्षयरोगको नमुना सङ्कलन गरिनेमा ७०, तथा स्त्री तथा प्रसूति रोग सेवा लिनेमा दुई सय ३३ रहेका छन् ।

“नौ जनामा रिङ पेसरी राखेको, ३६ मा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा दुई १० छन्”, उनले भने, “भिडियो एक्स-रे दुई सय ८८ ले लिएका छन् ।” 

प्रमुख महतले १० जना पुरुष बध्याकरण गरिएको, एक महिलाको सामान्य शल्यक्रिया गरिएको, १४ ज्येष्ठ नागरिकलाई वालक्किङ उपचारविधि गरिएको जानकारी दिए ।

उनका अनुसार शिविरमा निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना सङ्कलन र इसिजी सेवा दिइएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालिकोट तथा जिल्ला आँखा उपचार केन्द्र कालीकोटको टोलीले सेवा दिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ