arrow

बिहीबारदेखि बुद्धभूमि महोत्सव, मन्त्री आचार्यले उद्घाटन गर्ने

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० मंसिर १३ बुधबार
buddha-bhumi-mahotsav-2080.jpg
तस्बिर – फाइल ।

कपिलवस्तु । बुद्धभुमि नगरपालिकामा बिहीबारदेखि शुरु हुने दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सवको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचायले उद्घाटन गर्ने भएका छन् ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको आयोजनामा हुन लागेको महोत्सवको मन्त्री आचार्यले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन सत्रमा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ लगायतको सहभागिता हुनेछ । त्यसअघि महोत्सवलाई सफल बनाउन बिहान ११ बजेदेखि इलाका प्रहरी कार्यलय गोरुसिंगेदेखि प्रभातफेरी निकाल्ने आयोजकले जनाएका छन् ।

प्रभातफेरीमा विभिन्न जाति, समूह, समुदाय, विद्यालय, भजनमण्डली, बालबालिका लगायतका दुई दर्जन संघसंस्थाले बजागाजा, झाँकीसहितको प्रभातफेरी निकाल्ने महोत्सवका संयोजक तथा संघका अध्यक्ष लेखनाथ घर्तीले बताए । 

स्थानीय उत्पादन, कृषि, व्यापार, पर्यटनको प्रबर्धन गर्न महोत्सवको आयोजना भइरहेको आयोजकको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ